१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कैलालीमा बाघको छालासहित २ जना पक्राउ 

मोहन बुढाऐर

धनगढी — कैलालीको गौरीगंगामा दुई जनालाई बाघको छालासहित पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रतीक बिष्टले २९ गते बेलुका ८ बजेको समयमा गौरीगंगा नगरपालिकाको वडा नम्बर–७ मटकौना सिंहासन सामुदायिक वननजिकै स्थानीय दुई जनालाई प्रहरीले बाघको छालासहित पक्राउ गरेको बताए ।

कैलालीमा बाघको छालासहित २ जना पक्राउ 

‘सामुदायिक वननजिकै बाटोमा बाघको छालाको कारोबार भइरहेको छ भन्ने सूचना प्राप्त भयो,’ उनले भने, ‘पछि तुरुन्तै स्थानीय प्रहरी युनिटबाट प्रहरी घटनास्थल पुगेपछि दुवै जनालाई रंगेहात पक्राउ पनि गर्न सफल भइयो ।’

उनका अनुसार पक्राउ पर्नेमा मोहन्याल गाउँपालिका–५ सालघरी बस्ने ५२ वर्षीय पूर्णबहादुर बुढामगर, लम्कीचुहा बस्ने ३० वर्षीय लोकबहादुर सिजापती मगरलाई पक्राउ गरेको हो । बाघको छालाको लम्बाइ १० फिट, चौडाइ ६ फिट ७ इन्चको छ । छालाको साइजअनुसार बाघ वयस्क भएको अनुमान लगाउन सकिन्छ ।


प्रकाशित : असार ३०, २०७८ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?