१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बालिकालाई बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

वसन्तप्रताप सिंह

बझाङ — पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ६१ वर्षीया वृद्ध पक्राउ परेका छन् । जयपृथ्वी नगरपालिकाका ६१ वर्षीय जगदीश जोशीलाई बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बालिकालाई बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

जोशीले गत असार १८ गते दिउँसो बालिकाको घरमा कोही नभएको मौका पारेर आफ्नो घरमा लगेर जबरजस्तीकरणी गरेको परिवारको आरोप छ । जबरजस्ती करणी गरेको परिवारले थाहा पाएपछि जोशीले घटना गाउँमै मिलाउनका लागि आर्थिक प्रलोभन देखाएको परिवारका एक सदस्यले बताए ।

उनले घटना गुपचुप पार्नका लागि बालिकाका परिवारलाई नगद ५० हजार दिइसकेको र अरु रकम दिने प्रलोभन दिएर उजुरी नदिनका लागि अल्मल्याएको परिवारजनको भनाइ छ । यो घटना १८ गते नै भएको भए पनि २७ गते मात्र उजुरी परेको र लगतै आरोपित वृद्धलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘नगद ५० हजार सहित बालिका बलात्कृत भएको उजुरी आएको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रुपक खड्काले भने, ‘हामीले आरोपितलाई पक्राउ गरेर अनुसन्धान गर्दै छौं ।’ उनले बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदन आउन बाँकी रहेको र मुद्दा अनुसन्धानकै क्रममा रहेकोले यस विषयमा थप खुलाउन नमिल्ने बताए । अहिले बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २९, २०७८ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?