कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

मध्य असारमा योजना

मेनुका ढुंगाना

अछाम — बूढीगंगा र छिपेखोलाले घेरिएको अछामको साँफेबगर बाढीको उच्च जोखिममा छ । हरेक वर्षायामको सुरुवातसंँगै यहाँका स्थानीय बाढीको त्रासमा हुन्छन् । तर, बाढी रोकथामका लागि तटबन्ध निर्माणको काम भने असार अन्त्यतिर बल्ल सुरु हुन थालेको छ । 

मध्य असारमा योजना

प्रदेश सरकारले साँफेबगर क्षेत्रको बाढी नियन्त्रणका लागि तटबन्ध निर्माण गर्न जेठमा बजेट विनियोजन गरेर असारमा काम गर्ने गरी अख्तियारी पठाएको छ । प्रदेश सरकारले पठाएको १ करोड ४० लाखमा टुक्रे योजना छन् ।

असार मसान्त नजिकिँदै गर्दा प्रदेश सरकारले साँफेबगरको मल्लो बगड क्षेत्र तटबन्ध निर्माणका लागि ४० लाख, सिसमघारी तटबन्धका लागि १० लाख, टोटासालमा १० लाख, ग्वालेकोटमा १० लाख, मणका लागि १० लाख, बागभिडी तटबन्धनका लागि १० लाखको टुक्रे योजनाअन्तर्गत बजेट विनियोजन गरेको हो । यसैगरी बूढाबगरमा १० लाख र कोटको सिमल क्षेत्रमा तटबन्ध निर्माणका लागि भनेर १० लाख गरी १ करोड ४० लाख रकम विनियोजन गरेको हो ।

यी योजनाहरू असार ९ गतेको सम्झौताअनुसार असार २५ गतेभित्र काम सक्नुपर्ने सिसमघारी उपभोक्ता समितिका अध्यक्ष झंकर कुँवरले बताए । प्रदेशले बाढी प्रभावित क्षेत्र साँफेबगरका लागि पठाएको बजेटमा सबैभन्दा बढी जोखिममा रहेको देउझाल गाउँ नसमेटिएको स्थानीय मुकेश कुँवरले बताए । उनका अनुसार पानी पर्नेबित्तिकै देउझाल गाउँभन्दा तलको रोड बिग्रिने र पहिरोको जोखिम छ ।

उक्त क्षेत्रमा तटबन्ध निर्माण र बाढी रोक्नका लागि सडक डिभिजन साँफेबगरले ठेक्काको जिम्मा दिँदा पनि वर्षाका काम गर्न नसकिने भन्दै निर्माण कम्पनीले काम गर्न नसकेको उनले बताए । ‘ठेकेदारले कामको जोखिम लिन नसक्ने, स्थानीय तहको नजरमा यो ठाउँ पर्दैन । योजना जति आउँछन्, ती सबै कार्यकर्तामुखी छन्,’ उनले भने, ‘हामीले विभिन्न पटक बाढीपहिरोको जोखिममा छौं भनेर आवाज उठाउँदा पनि कसैले वास्ता गर्दैनन् । पानी परेको दिन हामी ढुक्कले बस्न सक्दैनौं ।’

प्रकाशित : असार २४, २०७८ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?