कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डोटीमा खोलाले बगाउँदा बालिका बेपत्ता

मोहन शाही

डोटी — डोटीमा खोलाले बगाउँदा ५ वर्षीय बालिका बेपत्ता भएकी छिन् । गोठाला गएको बेला जिल्लाको पूर्वीचौकी गाउँपालिका-४ स्थित गण्डीगाडले शनिबार बगाउँदा पूर्वीचौकी गाउँपालिका–४ की मिनु मिजार बेपत्ता भएकी हुन् ।

बालिका बेपत्ता भएको खबर आउनासाथ जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी नायव निरीक्षक नारायण दत्त बडुको कमान्डमा ४ जनाको प्रहरी टोली घटना स्थलतिर गएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले बताए । स्थानीय र प्रहरी टोलीद्वारा बालिकाको खोजी जारी राखिएको प्रहरीले बताएको छ ।

प्रकाशित : असार १२, २०७८ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?