दार्चुलामा नदीले बगाउँदा दुई बालकको मृत्यु- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दार्चुलामा नदीले बगाउँदा दुई बालकको मृत्यु

मनोज बडू

दार्चुला — दार्चुलामा नदीले बगाउँदा दुई बालकको मुत्यु भएको छ । महाकाली नगरपालिका-४ स्थित लास्कु खोलामा मंगलबार दिउँसो पौडी खेल्नेक्रममा नदीले बगाएर ह्युम पाइपभित्र अड्किएर दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मृत्यु हुनेमा ब्यास गाउँपालिका–४ घर भई हाल खलंगा बस्दै आएका १७ वर्षीय प्रकाश खत्री र खलंगा आर्मी गेट नजिक बस्ने दुहु गाउँपालिका–४ ब्रह्मदेवका १२ वर्षीय रमित कुँवर रहेका छन् ।

महाकाली लोकमार्गको दार्चुला–तिंकर सडक खण्डको लास्कु गाडमा निर्माणाधिन पुल नजिक पौडी खेलेका बालकहरु नदीमा तल बगेको र पुलमुनि राखिएको होम पाईपभित्र अड्किएर मृत्यु भएको दार्चुला प्रहरीको सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले बताए । डोजरको सहायताले बालकका शव ह्युम पाइपबाट निकालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ८, २०७८ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्

सर्वोच्चको आदेशले राष्ट्रिय राजनीतिमा पछिसम्म गम्भीर र नकारात्मक प्रभाव हुनेछन् : एमाले प्रवक्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २१ र २७ गते गरेको मन्त्रिपरिषद् विस्तार संविधान अनुकूल नभएको भन्दै बदर गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशले राष्ट्रिय राजनीतिमा लामो समयसम्म गम्भीर र नकरात्मक प्रभाव पार्ने सत्तारुढ नेकपा (एमाले)ले प्रतिक्रिया दिएको छ । 

परराष्ट्रमन्त्री तथा एमाले प्रवक्ता प्रदीप ज्ञवाली तस्बिर : अंगद ढकाल/कान्तिपुर

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद् विस्तारलाई बदर गरिदिएपछि एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले त्यसको प्रभाव नेपाली राजनीतिमा नकारात्मक र गम्भीर हुने बताए । 'सर्वोच्चको आजको आदेशले पार्ने प्रभावहरू राष्ट्रिय राजनीतिमा पछिसम्म पनि गम्भीर र नकारात्मक हुनेछन्,' उनले भने ।

सर्वोच्चको आदेश अप्रत्यासित भन्दै ज्ञवालीले थपे, 'यो आदेश अप्रत्यासित छ र यसले राष्ट्रिय राजनतीतिलाई जटिल दिशातिर धकेलेको छ ।'

सर्वोच्चको आदेशबारे पार्टीको थप धारणा तय गर्नका लागि बैठक बस्ने पनि ज्ञवालीले जानकारी दिए ।

सम्बन्धित समाचारः

प्रकाशित : असार ८, २०७८ १७:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×