कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बैतडीमा भीरबाट लडेर महिलाको मृत्यु

तृप्ति शाही

बैतडी — घाँस काट्ने क्रममा लडेर बैतडीमा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका ५ की २४ वर्षीया सुनीता पेला रहेकी छन् । 

शनिबार बिहान ११ बजेतिर घरभन्दा करिब ५ सय मिटर टाढा जंगलमा घाँस काट्न गएकी उनी भीरबाट लडेर घाइते भएकी थिइन् । घाइते उनलाई उपचारका लागि स्थानीय गीरेगडा स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवत्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

प्रकाशित : असार ५, २०७८ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?