पानी थाप्न गएकी महिलाको पहिरोमा पुरिएर मृत्यु

बझाङ — तलकोट गाउँपालिका–६ रजाडामा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । धारामा पानी भर्दै गर्दा शुक्रबार दिउँसो जमिन भासिएर स्थानीय ६० वर्षीया सुना दमाई पुरिएकी हुन् । 

पानी भर्न गएकी दमाईको पहिरोमा पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रूपक खड्काले बताए । उनका अनुसार प्रहरीचौकी मेलबिसौनाबाट प्रहरीको टोली पठाएर दमाईको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी भइरहेको छ ।

यस्तै शनिबार सेती नदीको बहाब बढेपछि वडा प्रहरी कार्यालय, चैनपुरको टोलीले सेती नदीमा स्थानीयहरूलाई माछा मार्न, दाउरा उतार्न, एक्लाएक्लै हिँड्न तथा सेतीआसपास पानकोट पुल, बाहुलीगाड पुललगायत स्थानमा जान रोक लगाएको छ ।

प्रकाशित : असार ५, २०७८ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?