३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

महाकालीको बहाव खतराको सतहभन्दा माथि

तृप्ति शाही

बैतडी — महाकाली नदीमा पानीको बहाव बढेको छ । लगातारको वर्षाले गर्दा नदीले खतराको सतह पार गरेको छ । दार्चुलाको दत्तुमा राखिएको जलमापन केन्द्रमा पानीले खतराको सतह पार गरेको हो । 

जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले महाकाली नदीमा बाढीले खतराको सतह पार गरेको सूचना आएको बताए । ‘तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेका छौं,’ उनले भने ।

खास गरी दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका महाकाली किनार क्षेत्रका बासिन्दाले सचेतना अपनाउनुपर्ने उनको भनाइ छ । प्रशासनले नदीछेउछाउ नजान स्थानीयलाई आग्रह गरेको छ ।


प्रकाशित : असार ४, २०७८ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?