कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कैलालीमा संक्रमितको संख्या घट्दै

अस्पतालमा संक्रमित बिरामीको संख्या पनि घटेको छ
चित्रांग थापा

धनगढी — सुदूरपश्चिममा सबैभन्दा बढी कोरोनाका बिरामी रहेको कैलालीमा केही दिनयता संक्रमितको संख्या दिनहुँ घट्दै गएको छ । प्रदेशमा सबैभन्दा धेरै संख्यामा पीसीआर परीक्षण हुने सेती प्रादेशिक अस्पतालको तथ्यांकले पछिल्ला दिन संक्रमण दर दिनहुँ घटेको देखाएको हो ।

कैलालीमा संक्रमितको संख्या घट्दै

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार असार १ गते मंगलबार अस्पतालमा पीसीआर परीक्षण गरिएका २ सय २४ मध्ये १३ जनामा मात्रै पोजिटिभ पुष्टि भयो । बुधबार ८७ जनाको परीक्षण भएकोमा ८ जना र बिहीबार १ सय १३ जनामा १३ जनामा मात्र कोरोना पोजिटिभ देखिएको अस्पतालद्वारा सार्वजनिक गरिएको विवरणमा उल्लेख छ । संक्रमण घट्दै गइरहेको अनुपातमा संक्रमित बिरामीको संख्या पनि घटेको छ । सेती अस्पतालको तथ्यांकअनुसार मंगलबार अस्पतालमा भर्ना भएका संक्रमितको संख्या ११ थियो । जसमध्ये आईसीयूमा १० जना र अक्सिजन सपोर्टमा १ जना थिए । मंगलबार ५ जना निको भएर घर फर्केका छन् । जना नयाँ बिरामी अस्पताल भर्ना भएका थिए ।

यस्तै बुधबार अस्पतालमा ११ जना संक्रमितको उपचार भइरहेको थियो । थप १ जनाको आकस्मिक कक्षमा उपचार भइरहेको थियो । उनीहरूमध्ये १ जना भेन्टिलेटरमा, ११ जना आईसीयू र १ जना अक्सिजन सपोर्टमा थिए ।

बिहीबारका दिन भने संक्रमित बिरामीको संख्या अघिल्ला दुई दिनको अनुपातमा बढेर १८ पुगेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए । उनीहरूमध्ये ११ जना आईसीयूमा, १ जना भेन्टिलेटर र ५ जना अक्सिजन सपोर्टमा छन् । बिहीबार भने ९ जना नयाँ संक्रमित अस्पताल भर्ना भएका छन् । ३ जना निको भएर फर्केका छन् । तीन दिनको अवधिमा संक्रमितको मृत्यु दर शून्य छ । हाल संक्रमणको दर घटेसँगै परीक्षण गर्नेको संख्या पनि घट्दै गएको श्रेष्ठले बताए ।


प्रकाशित : असार ४, २०७८ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?