३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

डाेटीमा पहिरोमा पुरिएर दुई बालबालिकाको मुत्यु

मोहन शाही

डाेटी — लगातारकाे वर्षाले डोटीमा पहिरोमा पुरिएर दुई बालबालिकाको मुत्यु भएको छ ।

बिहीबार साँझ जिल्लाको दिपायल सिलगढी नगरपालिका-५ का ७ वर्षीय बालक विनोद भण्डारी र ११ वर्षीया बालिका जेनिशा विष्टको मृत्युु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटी प्रहरी प्रमुख दानबहादुर मल्लका अनुसार उनीहरुको दिपायल सिलगढी नगरपालिका-५ चिसापानी भन्ने ठाउँमा आएकाे पहिरोमा पुरिएका थिए । पानी परिरहेका बेला बाख्रा चराउन गएका उनीहरु ओडारमा ओत बसेको बेला माथिबाट पहिरो खसेकाे थियाे । नेपाल प्रहरी, स्थानीयले पहिरो पन्छ्याउँदा उनीहरु मृत फेला परेका थिए ।

बुधबार मात्रै जिल्लाको केआई सिंह गाउँपालिकाका ६२ वर्षीय खडकबहादुर बमकाे पहिरोमा परेर ज्यान गएको थियो ।

प्रकाशित : असार ३, २०७८ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?