१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बालिका बलात्कार आरोपमा एक पक्राउ

भवानी भट्ट

कञ्चनपुर — बालिका बलात्कारको आरोमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ गुलरियाका ५३ वर्षीय धनबहादुर गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

गुरुङले सोही ठाउँकी ११ वर्षीया बालिकालाई पटकपटक बलात्कार गरेको भन्दै आफन्तले आइतबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । पछिल्लो पटक जेठ २३ मा बालिकामाथि बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।

सोही जाहेरीका आधारमा गुरुङलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी अमरबहादुर थापाले बताए ।


प्रकाशित : असार १, २०७८ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?