कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

कैलालीमा निषेधाज्ञा थपियो

चित्रांग थापा

धनगढी — कैलाली जिल्ला प्रशासन कार्यालयले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा असार ७ गतेसम्म निषेधाज्ञा थप गरेको छ । कैलालीका प्रजिअ खगेन्द्रप्रसाद रिजालले सोमबार निषेधाज्ञाको आदेश जारी गरेका हुन् । 

कोरोना नियन्त्रणका लागि जिल्ला प्रशासनले वैशाख १६ देखि लागू गरेको निषेधाज्ञालाई निरन्तरता दिइएको हो । थप गरिएको निषेधाज्ञामा खाद्य सामग्री, निर्माण सामग्री, हार्डवेयर, इलेक्ट्रोनिक्स र भाँडाबर्तनका पसलसंँगै पुस्तक, स्टेसनरी, कपडा तथा फेन्सी पसल र टेलरिङ सेन्टरहरू बिहान ६ बजेदेखि ११ बजेसम्म खोल्न पाइने उल्लेख छ ।

यसै गरी बिमा, बैंक तथा वित्तीय सेवाको हकमा बिहान ८ देखि दिउँसो १२ बजेसम्म सञ्चालन गर्न सकिनेछ । मानिसहरूको भिडभाड हुने सभा, सम्मेलन गोष्ठी, तालिम सेमिनार, सिनेमाहल पार्टी प्यालेस, खेलकुद आदि सञ्चालन गर्न लगाइएको रोक यथावत् छ ।


प्रकाशित : असार १, २०७८ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?