२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

कञ्चनपुरमा असार ७ सम्म निषेधाज्ञा

भवानी भट्ट

कञ्चनपुर — कोरोना संक्रमण रोकथामका लागि कञ्चनपुरमा जारी गरिएको निषेधाज्ञाको अवधि एक साता थप गर्दै असार ७ सम्म लम्ब्याइएको छ । सोमबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले सातौं पटक केही खुकुलो गरेर निषेधाज्ञा थप गरेको हो ।

खाद्यान्न, तरकारीका पसल र बैंक तथा बित्तिय संस्थाहरु हप्ताको चार दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान ६ देखि ११ बजेसम्म खुला रहनेछन् । यसअघि खाद्यान्न, तरकारी र बैंक तथा बित्तिय संस्थाहरु हप्ताको दुई दिन मात्रै खुला गरिएको थियो ।

यसैगरी निर्माण सामग्री ढुवानीका साधन पनि चल्न पाउनेछन् । उद्योग निर्माण तथा कृषि कार्य स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर गर्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि कञ्चनपुरमा वैशाख १६ देखि निषेधाज्ञा लागू गरिएको हो । केहि दिन यता जिल्लामा कोरोना संक्रमणको दर घटेपछि जिल्ला प्रशासन कार्यालयले पछिल्लो पटक निषेधाज्ञा केहि खुकुलो पारेको हो ।

प्रकाशित : जेष्ठ ३१, २०७८ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?