२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

हातपात प्रयास गर्ने पक्राउ

दार्चुला — दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित गोकुलेश्वर अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात गर्न खोज्ने दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

स्वास्थ्यकर्मीको लापरबाहीले नवजात शिशुको मृत्यु भएको भन्दै आफन्तले अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात गर्न खोजेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्वास्थ्यकर्मीमाथि हातपात गर्न खोज्ने बैतडी डिलासैनी गाउँपालिका–६ का ३० वर्षीय लोकेन्द्रनाथ योगी र ३० वर्षीय नरेन्द्रनाथ योगीलाई पक्राउ गरिएको हो । शैल्यशिखर नगरपालिका–१ का ३२ वर्षीया बसन्तीनाथ शनिबार सुत्केरी हुन गोकुलेश्वर अस्पताल भर्ना भएकी थिइन् । महिला अस्पताल भर्ना भएको केही समयपछि शल्यक्रिया गरेर बच्चा निकालिएको थियो ।

जन्मिएको ४/५ मिनेटपछि शिशुको मृत्यु भएको हो । आक्रोशित आफन्तहरू शल्यक्रिया गर्ने क्रममा डाक्टरको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै प्रदर्शनमा उत्रिएपछि अस्पताल तनावग्रस्त बनेको छ । मृतकका आफन्तहरूले पीडित पक्षलाई उचित क्षतिपूर्ति, दोषी चिकित्सकलाई कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिए हुन् ।

अस्पताल र स्वास्थ्यकर्मीको सुरक्षार्थ इलाका प्रहरी कार्यालय गोकुलेश्वर, प्रहरी चौकी शिखर, इलाका प्रहरी कार्यालय लटिनाथ र बैतडीबाट थप सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले बताए ।

प्रकाशित : जेष्ठ ३१, २०७८ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?