कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

भारतीय सीमामा तारबार लगाउन प्रदेश सांसदको माग

अर्जुन शाह

धनगढी — सुदूरपश्चिमका प्रदेश सांसद तारा लामा तामाङले नेपाल–भारतको सीमा क्षेत्रमा तारबार लगाउनु पर्ने बताएका छन् । प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा आइतबार प्रदेशसभामा बोल्दै सत्तारुढ एमालेका सांसद तामाङले सीमावर्ती क्षेत्रमा भारतको ज्यादती बढ्दै गएकोले तारबार गर्नुपर्ने बताए ।

भारतीय सीमामा तारबार लगाउन प्रदेश सांसदको माग

‘कञ्चनपुरदेखि दार्चुलासम्मको सीमामा तारबार गर्नैपर्छ,’ सांसद तामाङले भने, ‘अहिले पनि हुलाकी सडकमा काम गर्दा भारतीय सुरक्षाकर्मी आएर डराउने र धम्काउने गर्छन् । तारबार गर्दैमा भारतसँगको सम्बन्ध बिग्रने कुरा पनि छैन ।’

एमाले सांसद तामाङले नेपाल–भारतमा हुने आवतजावतलाई व्यवस्थित बनाउन सीमा क्षेत्रमा तारबार गर्नु जरुरी भएको बताए । हालै पनि भारतीय पक्षले हुलाकी राजमार्गको निर्माणमा अवरोध गरिरहेको बताउँदै उनले भने, ‘सधैसँगै बस्ने दाजुभाइ अलग हुँदा त घरमा पर्खाल लगाउँछन् भने राष्ट्रियतासँग जोडिएको सवालमा हामीले यो कदम उठाउनैपर्छ ।’

कञ्चनपुरबाट निर्वाचित तामाङले आफ्नो क्षेत्रमा पनि भारतले पटक–पटक ज्यादती गर्दै सीमा मिच्ने गरेको बताए ।

प्रकाशित : जेष्ठ ३०, २०७८ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?