२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न एमाले सुदूरपश्चिम संसदीय दलको ह्वीप

अर्जुन शाह

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले पेस गरेको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले आफ्नो दलका सांसदहरुलाई ह्वीप जारी गरेको छ । माओवादी नेतृत्वको यहाँको सरकारमा एमाले सत्ता साझेदार दल हो ।

नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न एमाले सुदूरपश्चिम संसदीय दलको ह्वीप

प्रमुख सचेतक प्रदेशसभा सदस्य दुर्गाकुमारी विकले दलका नेता प्रकाशबहादुर शाहको निर्देशनमा एमालेका सबै प्रदेशसभा सदस्यहरुलाई प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भएर नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न एसएमएसमार्फत ह्वीप जारी गरिएको बताइन् ।

तर प्रदेशसभामा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय सांसदहरुले भने ह्वीप नमान्ने बताएका छन् । उनीहरु पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेकाले संसदीय दलबाट हुने ह्वीप मानिरहनु जरुरी नभएको सांसद पठानसिंह बोहराले बताए ।

यतिबेला पार्टी र संसदीय दल फरकफरक अडानमा छन् । जेठ २५ गते माओवादी नेतृत्वको सरकारलाई विश्वास दिने नदिने सन्दर्भमा ओली र नेपाल पक्षका सांसदहरु दुई खेमामा बाँडिएका थिए । ओली पक्षका ७ जना सांसदले संसदीय दलको ह्वीप उल्लंघन गर्दै विश्वासको मतको विपक्षमा मतदान गरेका थिए भने नेपाल पक्षीय १७ जना सांसदले पार्टीको निर्देशनविपरीत विश्वासको मतको पक्षमा मतदान गरेका थिए ।

प्रकाशित : जेष्ठ ३०, २०७८ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?