किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा एक जना पक्राउ, एकको खोजी हुँदै

भवानी भट्ट

कञ्‍चनपुर — कञ्चनपुर प्रहरीले सामूहिक बलात्कारको आरोपमा एक युवकलाई पक्राउ गरेको छ  ।

किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा एक जना पक्राउ, एकको खोजी हुँदै

बेदकोट नगरपालिकामा १९ वर्षीया किशोरीमाथि बिहीबारसामूहिक बलात्कारमा संलग्न भएको आरोपमा २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बिहीबार दिउँसो विक र अर्का एक युवकले किशोरीलाई बलात्कार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी अमरबहादुर थापाले घटनामा संलग्न भनिएका अर्का युवकको खोजी भइरहेको बताएका छन् । उनले किशोरीको स्वास्थ्य अवस्था सामान्य रहेको पनि बताए ।


प्रकाशित : जेष्ठ २८, २०७८ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?