कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सुदूरपश्चिमको नीति तथा कार्यक्रम आज

अर्जुन शाह

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा आज आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।

सुदूरपश्चिमको नीति तथा कार्यक्रम आज

प्रदेश प्रमुख गंगाप्रसाद यादवले बिहीबार अपरान्ह्र ४ बजे प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयले बताएको छ । नीति तथा कार्यक्रममा स्वास्थ्य र कृषि क्षेत्रलाई प्रमुख प्राथमिकता दिइने आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले प्रिबजेटमा उल्लेख गरेका छन् ।

विगतमा बजेट ल्याउनु भन्दा १५ दिन अगाडि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था भए पनि राजनीतिक उत्तारचढावका कारण यो वर्ष उक्त प्रावधानलाई अध्यादेशबाट संशोधन गरेर समयको सीमा हटाइएको एमाले प्रमुख सचेतक दुर्गा कुमारी विकले बताइन् । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान छ ।

प्रकाशित : जेष्ठ २७, २०७८ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?