कैलालीमा थप २ जना कोरोना संक्रमितको मृत्यु

चित्रांग थापा

धनगढी — सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ ।

कैलालीमा थप २ जना कोरोना संक्रमितको मृत्यु

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठद्वारा आइतबार दिउँसो सार्वजनिक विवरणमा उल्लेख भए अनुसार मृतकहरुमा कैलालीको घोडाघोडी– १ का ७९ वर्षीय पुरुष र कञ्चनपुरको बेलौरी–९ की ७६ वर्षीया महिला रहेका छन् ।

यसैगरी, पछिल्लो २४ घण्टामा अस्पतालको पीसीआर प्रयोगशालामा ३ सय ३५ जनाको परीक्षणमा ३५ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित : जेष्ठ २३, २०७८ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?