१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

व्यास क्षेत्र सञ्चारविहीन

मनोज बडू

दार्चुला — दार्चुलाको उत्तरी भेग व्यास गाउँपालिका क्षेत्र मंसिरदेखि सञ्चारविहीन बनेको छ । छाङरुस्थित नेपाल टेलिकमको स्काई फोन (सीडीएमए प्रविधि) को टावरमा हिमपातले क्षति पुर्‍याएर टावर राखिएको घर नै भत्काएको स्थानीयले बताएका छन् ।

व्यास क्षेत्र सञ्चारविहीन

भवनको छत भत्किएपछि भवनभित्र रहेको टेलिकमको बीटीएस, रेडियो सिस्टमलगायतमा समस्या आएको हुन सक्ने नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताए । ‘भवन पूरै भत्काएको छ, के कति क्षति भयो भन्ने यकिन जानकारी छैन,’ उनले भने ।

स्थानीय बेंसीबाट गाउँ फर्केदेखि नै व्यास गाउँपालिकाले टेलिकम कार्यालयलाई पत्राचार गरी टावर सञ्चालन गर्न माग गरेको थियो । लामो समयदेखि बिग्रेको सञ्चार सेवा सञ्चालन नहुँदा व्यासका स्थानीयसँग सम्पर्क नभएर समस्या बुझ्न नसकिएको गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले बताए । ‘हाम्रो तहबाट बारम्बार पहल गरिएको छ । काम गर्ने निकायको ध्यान पुग्न सकेको छैन,’ उनले भने ।

मर्मत नहुँदा अहिले व्यास–१ छाङरु र टिंकरका स्थानीय र त्यहाँस्थित सशस्त्र र नेपाल प्रहरीका कर्मचारी सञ्चार सेवाबाट वञ्चित भएका छन् । ‘गाउँमा केही भए बेंसी खबर गर्न फोन नहुँदा साह्रै समस्यामा परेका छौं,’ व्यास–१ टिंकरका मोहनसिंह टिंकरीले भने ।

प्रकाशित : जेष्ठ २२, २०७८ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?