कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ब्ल्याक फंगस संक्रमणबाट धनगढीमा एकको मृत्यु

चित्रांग थापा

धनगढी — धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ब्ल्याक फंगस (कालो ढुसी) रोगको संक्रमणबाट बिहीबार एक जनाको मृत्यु भएको छ । कैलालीको बर्दगोरिया नगरपालिका–६ का ६५ वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको हो । 

ब्ल्याक फंगस संक्रमणबाट धनगढीमा एकको मृत्यु

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार ती व्यक्ति जेठ १७ देखि अस्पतालको आईसीयूमा भर्ना भई उपचार गराइरहेका थिए । ‘ब्ल्याक फंगसको लक्षण देखिएका आधारमा उनको उपचार भइरहेको थियो,’ उनले भने, ‘अस्पतालका डा. शेरबहादुर कमर, डा. अशोक श्रीपाइली, निशान भट्टराई र ईएनटी चिकित्सकको टिम उनको उपचारमा संलग्न थियो ।’ श्रेष्ठका अनुसार ती व्यक्तिको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएको छ ।

यसअघि ती व्यक्तिमा कोरोना भएको कुनै संकेत नदेखिएको र उनले पनि यसबारे केही नबताएको सूचना अधिकारी श्रेष्ठले बताए । उनको प्रयोगशालामा परीक्षण गर्दा ब्ल्याक फंगसको संक्रमण पुष्टि भएको श्रेष्ठले जानकारी दिए ।


प्रकाशित : जेष्ठ २०, २०७८ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?