कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सेती अस्पतालमा कोरोना संक्रमण दर र मृत्युदर घट्दै

चित्रांग थापा

धनगढी — कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्पतालमा सेती अस्पतालमा कोरोना संक्रमण दर र मृत्युदर घट्दै गएको छ । पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । बुधबार दिउँसोसम्म अस्पतालमा ४५ जना संक्रमितको उपचार भइरहेको छ ।

सेती अस्पतालमा कोरोना संक्रमण दर र मृत्युदर घट्दै

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठद्वारा बुधबार दिउँसो सार्वजनिक गरिएको विवरणमा उल्लेख भएअनुसार मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका –६ का २९ वर्षीय पुरुष रहेका छन् ।

दोस्रो लहरको कोरोना महामारी फैलिएपछि दिनहुँ बढ्दै गएको संक्रमण र मृत्यु हुने क्रम गत सातादेखि क्रमश: घट्दै गएको हो । गत बिहीबार अस्पतालमा ४० दिनपछि पहिलो पटक कोरोना संक्रमितको मृत्युदर शून्य रहेको थियो । शुक्रबार पनि १ जनाको मृत्यु भएको हो । यसैगरी शनिबार १ जना, आइतबार २ जना र सोमबार मृत्युदर शून्य रहेको थियो भने मंगलबार र बुधबार १/१ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालमा बुधबार दिउँसोसम्म उपचार गराइरहेका ४५ जना संक्रमितमध्ये ३ जना भेन्टिलेटरमा, ११ जना आईसीयूमा, अक्सिजनको सपोर्टमा ३२ जना र मध्यम अवस्थाका २ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ५ जना निको भएर फर्केका छन भने ७ जना नयाँ संक्रमित भर्ना भएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको पीसीआर प्रयोगशालामा २ सय ३३ जनाको परीक्षण गरिएको छ । जसमध्ये ५४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

पोजेटिभ देखिएकाहरुमा धनगढी उप महानगरपालिका क्षेत्रका ११ पुरुष र ८ महिला गरी १९ जना, कैलाली जिल्लाको विभिन्न क्षेत्रका १८ पुरुष र १३ महिला गरी ३१ जना तथा अन्य जिल्लाका १ पुरुष र ३ महिला गरी ४ जना रहेको सूचना अधिकारी श्रेष्ठले बताए ।

प्रकाशित : जेष्ठ १९, २०७८ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?