१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

संक्रमितलाई फोन सेवा

मनोज बडू

दार्चुला — स्वास्थ्य कार्यालय दार्चुलाले कोरोना संक्रमण बढ्दै गएपछि उपचार सहयोग पुर्‍याउन फोन स्वास्थ्य सेवा सुरु भएको छ । होम आइसोलेसनमा बसेका कोरोना संक्रमितका लागि परामर्श लिन कार्यालयले मंगलबारबाट सेवा सुरु गरेको हो ।

संक्रमितलाई फोन सेवा

होम आइसोलेसनमा रहेकाको स्वास्थ्य स्थितिको मूल्यांकन गरी बिरामीलाई समयमै अस्पताल पुर्‍याउन मानसिक स्वास्थ्य प्रवर्द्धन तथा कोभिड–१९ बाट हुने क्षति न्यूनीकरण गर्न सेवा सुरु गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमितलाई निगरानीमा राखेर उपयुक्त समयमा परामर्श दिन यो सेवाको सुरुवात गरिएको स्वास्थ्य कार्यालयका प्रमुख जयराज भट्टले बताए । ‘संक्रमितलाई कम्तीमा ५ पटक परामर्श अनिवार्य गरिनेछ,’ उनले भने, ‘अवस्था हेरी बढी परामर्श दिनुपर्ने हुन सक्छ ।’

जिल्लाका संक्रमितलाई स्वास्थ्यकर्मीले जुनसुकै बेला फोन गरेर स्वास्थ्य सल्लाह दिनेछन् । यो सेवा सुरु भएसँगै होम आइसोलेसनमा बसेका कोरोना संक्रमितले पनि परामर्श लिन सक्नेछन् ।

बिरामीको स्वास्थ्य स्थिति, अक्सिजनको मात्रा, श्वासप्रश्वासको दरलाई नम्बरिङ दिने र त्यसका आधारमा स्वास्थ्य अवस्थाको मूल्यांकन गरी परामर्श दिइने कार्यालय प्रमुख भट्टले बताए ।

प्रकाशित : जेष्ठ ६, २०७८ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?