कञ्चनपुरमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरमा मंगलबार कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भीमदत्त नगरपालिकाका ३, शुक्लाफाँटा, कृष्णपुर र दोधारा चाँदनी नगरपालिकाका १/१ जनाको मृत्यु भएको छ । 

यसैगरी कपिलवस्तुका एक पुरुषको पनि महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा हालसम्म कोरोना संक्रमणबाट १२८ जनाको मृत्यु भइसकेको छ । सोमबार र आइतबार जिल्लामा ६/६ जनाको मृत्यु भएको थियो ।

प्रकाशित : जेष्ठ ४, २०७८ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?