२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

दार्चुलामा जेठ १० गतेसम्म निषेधाज्ञा

मनोज बडू

दार्चुला — दोस्रो लहरको कोरोना संक्रमण बढ्न थालेपछि जिल्लाभरि जेठ १० गतेसम्म निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रको सिफारिसको आधारमा जेठ १० गतेसम्म निषेधाज्ञा थपिएको हो ।

निषेधाज्ञाको समयमा जिल्लामा अत्यावश्यक सेवा बाहेकका सार्वजनिक सेवा पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए ।

यस्तै जिल्लामा सञ्चालन रहेका बैंक तथा वित्तिय संस्थाहरु बिहान ८ बजेदेखि १० बजेसम्म मात्रै सञ्चालन हुने भएको छ । जेठ १ गतेबाट यो नियम लागू हुने प्रशासनले जनाएको छ । यस्तै अत्यावश्यक खाद्यान्न, तरकारी, दूग्ध लगायतका बजारहरु बिहान ५ बजेदेखि ९ बजेसम्म यथावत गरिएको प्रशासनले जारी गरिएको सूचनामा उल्ल्ेख गरिएको छ ।

प्रकाशित : जेष्ठ १, २०७८ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?