३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

सेती प्रादेशिक अस्पतालमा थप ३ जना संक्रमितको मृत्यु

चित्रांग थापा

धनगढी — कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेकामध्ये पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । अस्पतालमा ४७ जना संक्रमितको उपचार भइरहेको छ ।

सेती प्रादेशिक अस्पतालमा थप ३ जना संक्रमितको मृत्यु

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार बुधबार दिउँसोसम्म मृत्यु हुनेमा कैलालीका १ महिला र २ पुरुष रहेका छन् । उनले मृत्यु हुनेहरुमा कैलालीको धनगढी–३ का ५० वर्षीय पुरुष, ५४ वर्षीय पुरुष र धनगढी–१२ की ३५ वर्षीया महिला रहेको बताए ।

सूचना अधिकारी श्रेष्ठका अनुसार अस्पतालमा बुधबार दिउँसोसम्म उपचाररत ४७ जना संक्रमितमध्ये ५ जनाको भेन्टिलेटरमा, आइसियुमा २० जना र अक्सिजनको सपोर्टमा २५ जना तथा अन्य २ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट निको भएर ११ जना डिस्चार्ज भएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको पीसीआर प्रयोगशालामा ५ सय ६४ जनाको परीक्षण गरिएकोमा २ सय ७३ जनामा कोरोना पोजिटिभ भएको छ ।

प्रकाशित : वैशाख २९, २०७८ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?