अक्सिजन उपलब्ध गराइदिन निजी अस्पतालहरूको माग

अर्जुन शाह

धनगढी — अक्सिजन आपूर्ति ठप्प हुन थालेको भन्दै सुदूरपश्चिम प्रदेशका निजी अस्पतालले कोरोना बिरामीको उपचार गर्न नसकिने जनाएका छन् । निजी अस्पताल संघ सुदूरपश्चिम प्रदेश (अफिन) ले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । 

अक्सिजन उपलब्ध गराइदिन निजी अस्पतालहरूको माग

‘अक्सिजन आपूर्ति पर्याप्त भएन भने कोभिडका बिरामी भर्ना लिन नसकिने अवस्था आएको सबैमा जानकारी गराउँछौं,’ अफिन सुदूरपश्चिमका अध्यक्ष जनकराज जोशीद्वारा मंगलबार प्रकाशित विज्ञप्तिमा भनिएको छ ।

निजी अस्पतालहरूको उक्त संगठनले अक्सिजन सहज रूपमा उपलब्ध गराउने वातावरण मिलाइदिन सरकारलाई अनुरोधसमेत गरेको छ । सरकारी अस्पतालहरू भरिभराउ भएपछि प्रदेश सरकारको सहकार्यमा यहाँका निजी अस्पतालहरूले संक्रमितको उपचारका लागि वार्ड सञ्चालन गरेका छन् । हाल सुदूरपश्चिमभरि अक्सिजनको चरम अभाव छ ।


प्रकाशित : वैशाख २९, २०७८ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?