कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

जहाँ हावा चल्दा बिजुली निभ्छ

अछाम — मंगलसेन नगरपालिका–५ का ओमप्रकाश ढुंगाना काठमाडौंबाट गत साता अछाम आए । अध्ययनका लागि काठमाडौं बस्ने उनी काठमाडौंमा निषेधाज्ञा जारी भएपछि हतारमै घर आए । उनी अध्ययनरत कलेजले अनलाइनबाट पढाउन सुरु गर्‍यो ।

तर, अछाम सदरमुकाम मंगलसेनमा घरभएका ढुंगानाले एकसाता बितिसक्दा पनि अनलाइनबाट पढ्न पाएका छैनन् । उनले अनलाइनबाट पढ्न नपाउनुको एकमात्र कारण हो, अछाममा जहिल्यै विद्युत् अवरुद्ध हुनु । ‘घर आएको एक साता भयो । अहिलेसम्म अनलाइन क्लासमा जोडिन पाएको छैन,’ उनले भने, ‘हावा चल्नेबित्तिकै बत्ती जान्छ, नमस्तेको नेटवर्क पनि हुँदैन । सदरमुकामवासी हुँ भन्न पनि लाज लाग्छ ।’

उनका अनुसार अरू विषय अछामका सरोकारवाला र राजनीतिक दलको प्राथमिकतामा पर्छन् । छलफल र बहस पनि गर्छन् । विद्युत् अनियमित जहिल्यै हुन्छ, यसमा कसैको ध्यान जाँदैन । लामो समयदेखिको विद्युत् अवरुद्ध हुने समस्याबारे कसैले चासो नदिएको उनको भनाइ छ ।

‘आकाशमा बादल लागे विद्युत् हराउँछ । हावा चले विद्युत् बन्द । विद्युत्को कुनै भरोसा छैन । सेवा प्रवाहमा कठिनाइ भएको छ,’ मंगलसेनकी व्यवसायी अमृता उपाध्यायले भनिन्, ‘मंगलसैनमा सोधे साँफेबगर बिग्रेको छ, साँफेबगरबाट दिपायल, दिपायलमा सोधे अत्तरिया बुझ्नुस् भन्ने खबर आउँछ । ’

विद्युत्बिना व्यवसाय नै धरापमा पर्न थालेको सुनाउँदै उपाध्यायले धेरै पटक पसल बन्द गरेर बसेको सुनाइन । ‘एक सातभन्दा बढी भयो बिजुली नियमित छैन । सबै सेवाग्राहीलाई फिर्ता पठाइसकें । व्यवसाय नै यही भएकाले कठिन भएको छ ।’ अर्की व्यवसायी दुर्गा बोगटीले भनिन्, ‘फोटो, फोटोकपी, लेमिनेसन गर्न आएका ग्राहक रित्तै फर्किए । जेनेरेटर चलाउनलाई बजारमा पेट्रोल पनि छैन ।’ विद्युत् अवरुद्धकै कारण जिल्लाका १२ वटा एफएम पनि नियमित सञ्चालन हुन नसकेको रेडियो सञ्चालकहरू बताएका छन् ।


प्रकाशित : वैशाख २९, २०७८ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?