२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सेती प्रादेशिक अस्पतालमा ३ जना कोरोना संक्रमितको मृत्यु

चित्रांग थापा

धनगढी — कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेकामध्ये पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । अस्पतालमा ५२ जना संक्रमितको उपचार भइरहेको छ ।

सेती प्रादेशिक अस्पतालमा ३ जना कोरोना संक्रमितको मृत्यु

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार मंगलबार दिउँसोसम्म मृत्यु हुनेमा कैलालीका १ महिला र १ पुरुष तथा कञ्चनपुरका १ पुरुष रहेका छन् ।

सूचना अधिकारी श्रेष्ठका अनुसार मृत्यु हुनेहरुमा कञ्चनपुरको कृष्णपुर– ६ का ६४ वर्षीय पुरुष, कैलालीको धनगढी–६ का ५७ वर्षीय पुरुष र कैलालीकै जोशीपुर–७ की ७४ वर्षीया महिला रहेका छन् ।

सूचना अधिकारी श्रेष्ठका अनुसार अस्पतालमा मंगलवार दिउँसोसम्म उपचाररत ५२ जना संक्रमितमध्ये ५ जनाको भेन्टिलेटरमा, आईसियुमा १४ जना र अक्सिजनको सपोर्टमा २८ जना तथा अन्य १० जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट निको भएर ९ जना डिस्चार्ज भएका छन् । ४ जना अस्पतालमा नयाँ संक्रमित भर्ना गरिएको श्रेष्ठले जानकारी दिए ।

यसैगरि पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको पीसीआर प्रयोगशालामा ६ सय ६० जनाको परीक्षणमा २ सय ७५ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित : वैशाख २८, २०७८ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?