बेड भरिँदा बरन्डामा उपचार

टीकापुर — पछिल्लो २४ घण्टामा कैलालीको टीकापुर अस्पतालमा उपचाररत ६ जनाको ज्यान गएको छ । टीकापुर नगरपालिकाका ४ जना र जानकी गाउँपालिकाका २ जनाको ज्यान गएको हो ।

बेड भरिँदा बरन्डामा उपचार

मृतकहरूको कोरोना परीक्षणका लागि स्वाब धनगढी पठाइए पनि रिपोर्ट आइसकेको छैन । उपचारका लागि आएका उनीहरूको परीक्षण गर्न नपाएरै ज्यान गएको अस्पतालले जनाएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उनीहरूमा कोरोनाको लक्षण देखिएको थियो ।

कारोनाको दोस्रो लहर सुरु भएपछि टीकापुरमा संक्रमणबाट १४ जनाको ज्यान गएको अस्पतालले जनाएको छ । टीकापुर अस्पतालका कोरोना फोकल पर्सन डा.रमेशप्रसाद उपाध्यायले अस्पतालमा बिरामी खचाखच भएको र अक्सिजनको चरम अभाव रहेको बताए । अस्पतालमा करिब ६० जना उपचाररत छन् । उनीहरू सबैलाई अक्सिजन आवश्यक रहेको उनले बताए ।

१५ बेडको उक्त अस्पतालमा ६० जना उपचाररत छन् । बेडमा ठाउँ नभएर बिरामीलाई बरन्डामा राखिएको छ । श्वासप्रश्वासका गम्भीर बिरामीलाई पनि अक्सिजन दिन नसकिएको उनले बताए । ‘ब्याकअप नहुँदा अक्सिजनको भरमा रहेका बिरामीलाई पनि दोस्रोपटक अक्सिजन दिन नसक्ने अवस्था छ,’ उनले भने ।


प्रकाशित : वैशाख २७, २०७८ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?