परीक्षण क्षमता नपुगेपछि रोकियो स्वाब संकलन

अर्जुन शाह

धनगढी — सेती प्रादेशिक अस्पतालमा रहेको पीसीआर परीक्षण प्रयोगशालाको क्षमताभन्दा बढी स्वाब संकलन भएपछि धनगढी उप–महानगरपालिकाले सञ्चालन गर्दै आएको स्वाब संकलन कार्य तीन दिनका लागि रोकेको छ ।

परीक्षण क्षमता नपुगेपछि रोकियो स्वाब संकलन

उप–महानगरपालिका कोभिड फोकल पर्सन लक्ष्मीराज उपाध्यायले सेतीमा रहेको प्रयोगशालाले स्वाब संकलन रोक्न भनेपछि शनिवारदेखि तीन दिनका लागि संकलन कार्य बन्द गरिएको बताए । उ

पमहानगरले लक्षण देखिएका र कन्टयाक्ट ट्रेसिङमा परेकाहरुलाई परीक्षण गर्न स्वच्छिक रुपमा स्वाब संकलन गरेर सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा पठाउदै आएको थियो । स्वाब दिएकाहरुले चार दिनसम्म पनि नतिजा नआउने गरेको गुनासो गर्दै आएका छन् ।

सेतीमा रहेको प्रयोगशालाले दैनिक ६ सय हाराहारीमा परीक्षण गरिरहेको इन्चार्ज रमेश शाहीले बताए । ‘७ सय जति नमूना हाम्रैमा थन्किएको छ, अरु थुप्रै संख्यामा संकलन केन्द्रहरुमा थन्किएको होला,’ शाहीले भने, ‘कैलाली जिल्लाभर र नजिकमा पर्ने अन्य जिल्लाका स्वास्थ्य संस्थाहरुबाट पनि नमूना यहाँ आउने गरेको छ ।’

प्रकाशित : वैशाख २४, २०७८ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?