कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कञ्चनपुरमा कोरोनाबाट थप ३ जनाको मृत्यु

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरमा शुक्रबार कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भीमदत्त नगरपालिका–३ का ७२ वर्षीय पुरुष, भीमदत्त–१० का ५२ वर्षीया महिला र दोधारा चाँदनी नगरपालिका–९ का ३७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । हालसम्म जिल्लामा कोभिड–१९ बाट ६० जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार शुक्रबार जिल्लामा १४५ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट १२९ जनामा संक्रमण पुष्टि भएको हो ।

पिसिआर परीक्षणबाट संक्रमण पुष्ट हुनेमा भीमदत्त नगरपालिकाका १०८, बेदकोटका ६, शुक्लाफाँटाका ३, पुनर्वासका ८, बेलौरीका ३ र कृष्णपुरका १ जनामा संक्रमण पुष्टि भएको हो ।

जिल्ला कार्यालयका अनुसार जिल्लामा ७५२ जना सक्रिय संक्रमित रहेका छन् । शुक्रबार जिल्लाभरिमा कोरोना निको भएर ८४ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित : वैशाख २४, २०७८ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?