सेती प्रादेशिक अस्पतालमा २४ घण्टामा ५ संक्रमितको मृत्यु- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेती प्रादेशिक अस्पतालमा २४ घण्टामा ५ संक्रमितको मृत्यु

चित्रांग थापा

धनगढी — धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचारमा रहेका ५० जना संक्रमितमध्ये पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए । 


उनले बुधबार दिउँसो दिएको जानकारी अनुसार मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–८ का ५८ वर्षीय पुरुष, शुक्लाफाँटा नगरपालिका–१० कञ्चनपुरका ३६ वर्षीय पुरुष, नवदुर्गा गाउँपालिका–३ डडेलधुराका ५३ वर्षीय पुरुष रहेका छन् ।

यसैगरी गोदावरी नगरपालिका–३ कैलालीका ६४ वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका–२ कैलालीका ७२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार संक्रमितमध्ये ३ जनाको भेन्टिलेटरमा, ११ जना आइसीयूमा, अक्सिजनको सपोर्टमा २८ जना उपचारमा राखिएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट निको भएर ११ जना डिस्चार्ज भएका छन् । १६ जना अस्पतालमा भर्ना भएको श्रेष्ठले जानकारी दिएका हुन् ।

प्रकाशित : वैशाख २२, २०७८ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्

सरकारलाई विश्‍वासको मत दिन देउवासामू प्रधानमन्त्री ओलीको प्रस्ताव 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्वासको मत दिनका लागि प्रमुख प्रतिपक्ष कांग्रेससँग प्रस्ताव राखेका छन् । बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास पुगेका प्रधानमन्त्री ओलीले विश्वासको मतबारे परामर्श गरेका हन्।

तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

बैठकपछि कांग्रेसका नेता प्रकाशशरण महतले भने, 'प्रधानमन्त्रीले विश्वासको मतका लागि सहयोग माग्नुभयो । प्रतिपक्ष भएकाले हामीले सहयोग गर्न नसक्ने कुरा स्पष्ट पार्‍यौं ।'

त्यसपछि ओलीले लोकतन्त्रका लागि सँगै लडेका दल र नेता भएकाले सहयोग गर्न आग्रह गरेका थिए । महतले बैठकमा भएका कुराबारे अगाडि भने, 'लोकतन्त्रका लागि लडेका हौं हामी मिलेर जाउँ भन्ने प्रस्ताव प्रधानमन्त्रीले गर्नुभएको थियो तर लोकतान्त्रिक संस्थाहरूलाई कमजोर पार्ने काम तपाईंले गर्नुभएको छ भन्ने जवाफ दियौं ।'

प्रधानमन्त्रीले लोकतान्त्रिक मूल्य र मान्यताका कुरा गरे पनि व्यवहारमा नदेखिएको जवाफ कांग्रेसले दिएको महतले जानकारी दिए । सत्ता सहकार्य हुन नसक्ने जवाफ दिएको र अहिले त्यो अवस्था नै नभएको बताएको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल,गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्बाङसहित देउवा निवास पुगेका थिए । प्रधानमन्त्री ओलीसँगको छलफलमा कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी, महामन्त्रीहरू शशांक कोइराला र पूर्णबहादुर खड्का तथा सहमहामन्त्री प्रकाशशरण महत, नेता कृष्णप्रसाद सिटौला लगायतको सहभागिता थियो ।

प्रधानमन्त्रीले वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । त्यसका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिएको छ ।

प्रकाशित : वैशाख २२, २०७८ १८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×