कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

महाकाली अस्पतालबाट कोरोना निको भएका १ सय ९८ जना डिस्चार्ज

दैनिक २० प्रतिशत बिरामी निको भएर घर फर्केका छन्
भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको महाकाली अस्पतालमा मंगलबारसम्म अस्पताल भर्ना भएका २ सय ५६ संक्रमितमध्ये १ सय ९८ जना निको भएर घर फर्किएका छन् । हालसम्म २१ जनाको मृत्यु भएको छ ।

महाकाली अस्पतालबाट कोरोना निको भएका १ सय ९८ जना डिस्चार्ज

संक्रमित बिरामी ७ देखि १० दिनमा निको हुने गरेको छ । बढीमा १० दिनमा डिस्चार्ज गर्दै आएको अस्पतालका कोरोना फोकल पर्सन डा. गोविन्द रोकाया बताउँछन् ।

‘हामीकहाँ आईसीयूमा भर्ना भएका बिरामी कम डिस्चार्ज भइरहेका छन्,’ महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हरि श्रेष्ठले भने, ‘एचडीयू र नर्मल आइसोलेसनमा डिस्चार्ज हुने दर राम्रो छ ।’ उनका अनुसार अस्पतालमा उपचाररतमध्ये १६ जना आइसीयूमै मृत्यु भएको छ । संक्रमितको उपचारमा भइरहेको समस्या र निको हुने दरका विषयमा बुधबार सम्पूर्ण स्वास्थ्यकर्मीबीच छलफल हुने डा. श्रेष्ठले बताए । आईसीयू वार्डमा जनशक्तिको अभावका कारण पनि सेवा प्रभावकारी हुन सकेको छैन । ६ बेडका लागि अहिले ४ जना मात्रै स्वास्थ्यकर्मीले आईसीयू वार्ड हेरिरहेका छन् । एक भेन्टिलेटरका लागि कम्तीमा एक जना नर्स र ३ भेन्टिरलेटरका लागि एक जना चिकित्सक आवश्यक हुन्छ तर अहिले दिनभरि २ जनाले मात्रै काम गर्नुपरेको उनले बताए ।

महाकाली अस्पतालबाट मंगलबार ११ जना डिस्चार्ज भएका छन् । अस्पतालका कोरोना फोकल पर्सन डा. द रोकायाका अनुसार एडीयूमा उपचाररत ३ जना र आइसोलेसनमा रहेका ८ जना कोरोना जितेर घर फर्केका हुन् । यस्तै, आईसीयूमा उपचाररत २ जनालाई सामान्य आइसोलेसनमा सिफ्ट गरिएको छ । ‘दैनिक २० प्रतिशत बिरामी निको भएर घर गइरहेका छन्,’ डा. रोकायाले भने ।

प्रकाशित : वैशाख २२, २०७८ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?