चट्याङ लागेर वडा सदस्यको मृत्यु

तृप्ति शाही

बैतडी — बैतडीमा चट्याङ लागेर एक जना वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ रोडीदेवलका वडा सदस्य गोविन्दसिंह भण्डारी रहेका प्रहरीले जनाएको छ ।

उनको सोमबार राति ८:३० बजेको समयमा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयमा सूचना अधिकारी प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

घर नजिकै रहेको गहुँमकै पिस्ने मिलमा काम गरिरहेको बेला उनलाई चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको उनले बताए ।

प्रकाशित : वैशाख २१, २०७८ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?