डोटीमा पनि मंगलबारदेखि निषेधाज्ञा- सुदूरपश्चिम - कान्तिपुर समाचार

डोटीमा पनि मंगलबारदेखि निषेधाज्ञा

मोहन शाही

डोटी — कोरोना संक्रमण फैलिँदै गएपछि डोटीमा पनि मंगलबारदेखि निषेधाज्ञा जारी हुने भएको छ । जिल्ला प्रशासन कार्यालय डोटीले वैशाख २१ ग्ते रातिदेखि वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

डोटीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकको सिफारिस अनसार निषेधाज्ञा जारी गरिएको बताए । डोटीमा पनि पछिल्लो समयमा कोरोना संक्रमण बढदै गएको छ । हाल जिल्लामा २०७ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित : वैशाख २०, २०७८ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्

भेरी अस्पतालका कुरुवा र बिरामीलाई उपमहानगरले खाना खुवाउने

रूपा गहतराज

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिकाले भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित र अन्य बिरामीका कुरुवालाई खाना खुवाउन रकम सहयोग गर्ने भएको छ ।


अस्पतालका बिरामी रकुरुवालाई खाना खुवाइरहेका सुन्दरकाण्ड मित्र मण्डलले सञ्चालन गरेको अञ्जनी माता रसोईलाई नेपालगन्ज उपमहानगरपालिकाले मासिक एक लाख ५० हजार रुपैयाँ सहयोग गर्ने भएको हो ।

विगतमा अस्पतालमा उपचाररत विपन्‍न बिरामी र कुरुवालाई २० रुपैयाँमा प्रतिछाक बिहानको खाना खुवाइरहेको रसोईलाई उपमहानगरपालिकाले मासिक ५० हजार रुपैयाँ सहयोग गरिरहेको थियो । पछिल्लो समय कोभिडका बिरामीको संख्या बढेपछि रसोईले प्रतिछाक ८० रुपैयाँमा साँझको खाना खुवाइरहेको छ ।

रसोइले साँझको खाना खुवाउन आर्थिक अभाव भएको भन्दै उपमहानगरपालिकामा अनुरोध गरेपछि सोमबार बसेको कार्यपालिका बैठकले मासिक एकलाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । अस्पताल हाताभित्रै सस्तोमा खाना खान पाएपछि बिरामी र कुरुवालाई ठूलो राहत मिलेको छ ।

त्यहाँ कोरोना संक्रमणका कारण तातोपानीले भाडा धुने गरिएको छ । प्रत्येक टेबलमा खाना खाएर मान्छे गएपछि टेबल अनि कुर्सि सेनीटाइज गरिन्छ । ‘एउटा मान्छेको काम नै कुर्सी अनि टेबल सेनिटाइज गर्ने ड्युटीमा राखेका छौं,’ मण्डलका सदस्य जितेन्द्र सिहल भने,‘त्यसैले काम गर्ने मान्छेको मनोबल बढेको छ। यस्तो अवस्थामा काम गर्ने मान्छे पाउन सजिलो छैन ।’

अञ्जनी माता रसोईले बिहान मात्र खाना खुवाउने गरेपछि अस्पतालमा आएका बिमारीलाई साँझको खानाका लागि सास्ती भएपछि बिहीबारदेखि साँझको लागि पनि खानाको व्यवस्था सुरु गरेको हो ।

नगर प्रमुख डा. धवलशमशेर राणाको अध्यक्षतामा बसेको बैठकले नगर क्षेत्रभित्र कोभिड बिरामीको सहजताका लागि अर्को एउटा एम्बुलेन्स समेत थप गर्ने निर्णय गरेको उपप्रमुख उमा थापा मगरले बताइन् । भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा बाल मन्दिरमा तत्काल आइसोलेसन सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

प्रकाशित : वैशाख २०, २०७८ २०:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×