२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बैतडीमा पनि निषेधाज्ञा

तृप्ति शाही

बैतडी — बैतडीमा पनि सोमबारदेखि निषेधाज्ञा लागू हुने भएको छ । आइतबार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले सोमबारदेखि निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।

जेठ २ गतेसम्म जिल्लामा निषेधाज्ञा लागू हुने प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।

दिनप्रतिदिन कोरोना संक्रमितहरु बढिरहेकोले जिल्लामा पूर्णरुपले निषेधाज्ञा गर्ने निर्णय गरिएको कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ । सोमबारसम्म जिल्लामा २ सय १४ जना कोरोनाका सक्रिय केस रहेका छन् ।

प्रकाशित : वैशाख २०, २०७८ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?