१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

कञ्चनपुरमा वैशाख ३१ गतेसम्म थपियो निषेधाज्ञा

भवानी भट्ट

कञ्चनपुर — कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि कञ्चनपुरमा लागू गरिएको निषेधाज्ञाको समयावधि वैशाख ३१ गतेसम्म पुर्‍याइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले निषेधाज्ञाको समयावधि बढाउनुका साथै थप कडाइ गर्ने निर्णय समेत गरेको हो ।

कञ्चनपुरमा वैशाख ३१ गतेसम्म थपियो निषेधाज्ञा

निषेधाज्ञा अवधिमा तरकारी तथा फलफूल पसल समेत हप्ताको तीन दिन आइतबार, मंगलबार र बिहीबार बिहान ६ देखि ९ बजेसम्म तीन घण्टा मात्रै सञ्चालन गर्न पाइनेछ । यसबाहेक बैंक तथा वित्तिय संस्थाहरु पनि बन्द रहनेछन् ।

लकडाउन अवधिमा अत्यावश्यक बाहेकका सबै सवारी साधन पूर्ण रुपमा बन्द रहनेछन् । व्यवस्थापन केन्द्रले पहिलो चरणमा वैशाख १६ देखि २२ सम्म निषेधाज्ञा जारी गरेको थियो ।

प्रकाशित : वैशाख २०, २०७८ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?