सेती प्रादेशिक अस्पतालमा ५ जना कोरोना संक्रमितको मृत्यु

चित्रांग थापा

धनगढी — पछिल्लो २४ घण्टामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालमा ५ जना कोरोना संक्रमितको मृत्यु

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले सोमबार दिउँसो दिएको जानकारी अनुसार मृत्यु हुनेमा डडेलधुराको आलिताल गाउँपालिका–६ की २५ वर्षीया महिला, कैलालीको धनगढी उपमहानगरपाकिाका – २ का ४३ वर्षीय पुरुष, कञ्चनपुरको भीमदत्त नगरपालिका–७ का ५२ वर्षीय पुरुष, कैलालीको लम्किचुहा नगरपालिका–१० की ३५ वर्षीया महिला र लम्किचुहा नगरपालिका–१ का ३८ वर्षीय पुरुष रहेका छन् ।

सूचना अधिकारी श्रेष्ठका अनुसार अस्पतालमा सोमबारसम्म ५५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ३ जनाको भेन्टिलेटरमा, आईसियुमा १४ जना र अक्सिजनको सपोर्टमा ३३ जना तथा अन्य ५ जना उपचाररत रहेको उनले जानकारी दिए ।

यसैगरी पछिल्लो २४ घण्टामा अस्पतालको पीसीआर प्रयोगशालामा ४ सय ४८ जनाको परीक्षण गरिएको छ । जसमध्ये १ सय २८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

प्रकाशित : वैशाख २०, २०७८ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?