३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भारतबाट भित्रिएका अवैध कुखुरा नष्ट

भवानी भट्ट

कञ्चनपुर — भारतबाट अवैध रुपमा भित्र्याएका १३ सय गोटा ब्रोइलर कुखुरा नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले मंगलबार लालझाडी गाउँपालिका–६ चान्देवमा बेवारिसे अवस्थामा भेटिएका ब्रोइलर कुखुरा बरामद गरी नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमरबहादुर थापाका अनुसार २६ क्विनटल कुखुराको मूल्य अन्दाजी ६ लाख २४ हजार पर्दछ । पशु क्वारेन्टाइन बेलौरीका प्रतिनिधि र उद्योग वाणिज्य संघका पदाधिकारीको रोहबरमा कुखुरा नष्ट गरिएको उनले बताए ।



प्रकाशित : वैशाख ७, २०७८ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?