कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

भीरबाट लडेर दुईको ज्यान गयो

वसन्तप्रताप सिंह

काठमाडौँ — बझाङमा भीरबाट लडेर दुईजनाको ज्यान गएको छ । तल्कोट गाउँपालिका-१ रैसेल्लीका २० वर्षका राजु तामाङ र जाजरकोटका ४० वर्षका खडक पुनको गएराति भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले बताए ।

दुवै जना तल्कोट गाउँपालिका-१ मा पर्ने ओखरे भीरबाट झण्डै दुई सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

उनीहरु गएको शुक्रबार घरबाट सुर्मा गाउँपालिकाको धानसेरी भन्ने ठाउँ जान भन्दै हिँडेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख ६, २०७८ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?