माओवादी केन्द्रका सांसद झपट बोहरा पदमुक्त

अर्जुन शाह

धनगढी — नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभाका सदस्य झपटबहादुर बोहरालाई प्रदेशसभाले सोमबार पदमुक्त गरेको छ ।

माओवादी केन्द्रका सांसद झपट बोहरा पदमुक्त

संविधानको धारा १८० तथा राजनीतिक दल सम्बन्धी ऐन र प्रदेशसभा नियमवाली २०७४ बमोजिम उनी प्रदेशसभा सदस्य पदमा नरहेको जानकारी सभामुख अर्जुनबहादुर थापाले सोमबार प्रदेशसभा बैठकमा जानकारी गराएका हुन् । माओवादी केन्द्रको सुदूरपश्चिम संसदीय दलले बिहीबार बोहरा दलमा नरहेको जानकारी सहितको पत्र प्रदेशसभामा दर्ता गराएको थियो ।

अछाम १ को (ख) बाट निर्वाचित बोहरा यसअघि आर्थिक मामिला तथा योजना मन्त्रीसमेत थिए । साविक नेकपामा फाटो आएसँगै उनी नेकपा एमाले ओली पक्षमा लागेर मन्त्री पदबाट राजिनामा दिएका थिए । लेखराज भट्ट निकट बोहरा आफ्नो पार्टी छाडेर ओली समूहमा लागेपछि माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सचिव नेपबहादुर चौधरीले यसअघि नै २४ घण्टे स्पष्टिकरण सोधेका थियो ।

५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका तर्फबाट १४ सदस्य थिए । अब १३ जना मात्रै छन् ।

प्रकाशित : वैशाख ६, २०७८ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?