कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

एमाले सुदूरपश्चिम दलको बैठकमा ओली पक्ष अनुपस्थित

अर्जुन शाह

धनगढी — नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक शुक्रबार बसेको छ । बैठकमा ओली पक्षीय सांसद भने अनुपस्थित रहे ।

एमाले सुदूरपश्चिम दलको बैठकमा ओली पक्ष अनुपस्थित

साविक नेकपाबाट एमाले ब्युँतिएपछि पहिलो पटक सुदूरपश्चिममा संसदीय दलको बेठक बसेको हो ।

सुदूरपश्चिमको एमाले संसदीय दलमा भीम रावल पक्षधरको बाहुल्यता छ । सभामुखसहित २५ जना प्रदेश सांसद रहेको एमालेमा ६ जना मात्रै ओली पक्षमा लागेका छन् । शुक्रबारको बैठकमा १७ जना उपस्थित भएको सांसद लालबहादुर खडकाले बताए । ‘सभामुख तटस्थ रहने भएकाले २४ जना सांसदमध्ये हाम्रो समूहमा १८ जना सांसद छौं,’ रावल पक्षीय सांसद खड्काले भने, ‘सामाजिक विकास मन्त्री काम विशेषले बाहिर भएकाले आजको बैठकमा १७ जना उपस्थित भयौं ।’

विधायन समितिका सभापति नेपालु चौधरी, सांसदहरु लीलाधर भट्ट, ग्याल्बोसिंह बोहरा, पठानसिंह बोहरा, रतनबहादुर थापा र माया तामाङ ओली पक्षमा छन् । ‘म त धनगढी बाहिर छु, छोटो समयमा खबर प्राप्त भएको थियो, आउन भ्याइएन,’ सांसद लीलाधर भट्टले भने ।

संसदीय दलका नेता प्रकाशबहादुर शाहको अध्यक्षतामा बसेको बेठकले दलको विधान पारित गरेको सांसद खड्काले बताए । यस अघि नेकपाको विधान थियो । पूर्ववत रुपमा पार्टी एमालेमा फर्किएपछि एमाले संसदीय दलको विधान पारित गरिएको उनले बताए । पारित विधानअनुसार प्रदेशसभामा दलका नेता चयन हुने उनको भनाइ छ ।

प्रकाशित : वैशाख ३, २०७८ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?