कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कृषकलाई घार

दार्चुला — मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी कार्यक्रमअन्तर्गत दार्चुलाको मालिकार्जुन गाउँपालिका–१ का मेतखेत र भर्तोला बस्तीमा माहुरीपालक कृषकलाई ९६ वटा माहुरीघार वितरण गरिएको छ ।

कृषकलाई घार

उक्त क्षेत्रलाई माहुरी नमुना गाउँ छनोट गरी यसैसाता माहुरी घार वितरण गरिएको कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाशकुमार पन्तले बताए । पन्तका अनुसार उक्त कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा ५० लाख बजेट विनियोजन गरिएको र यहाँका किसानलाई माहुरी पालन व्यवसाय प्रवर्द्धनका लागि ६ सय घार वितरण गरिने लक्ष्य छ ।

दार्चुलाका माहुरी कृषक समन्वय समितिका अध्यक्ष अमरसिंह बोहराका अनुसार पहिलो चरणमा ७१ वटा गोला माहुरीघार, दोस्रो चरणमा ९१ गोला र तेस्रो चरणमा ९६ गोला सहितको घार वितरण गरिएको हो । विगतका वर्षदेखि नै यस वडामा माहुरी पालन भइरहेकाले किसानलाई व्यावसायिक रूपमा आकर्षित गर्न सहयोग गरिएको बोहराले बताए ।

यहाँका किसानलाई अनुदान र प्राविधिक सहयोग मिले माहुरी पालनको राम्रो सम्भावना रहेको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिंह धामीले बताए । माहुरी घार पाएपछि माहुरीपालक कृषक खुसी भएका छन् । कृषि ज्ञान केन्द्र दार्चुलाका अनुसार मालिकार्जुन गाउपालिका–१ बाट मात्रै यो वर्ष १५ क्विन्टल मह उत्पादन भएको छ ।


प्रकाशित : वैशाख १, २०७८ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?