मानव बेचबिखन आरोपमा २३ वर्षपछि पक्राउ

भवानी भट्ट

कञ्चनपुर — मानव बेचविखन मुद्दामा फरार रहेका २ जनालाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–४ का मानबहादुर थापा र उनकी श्रीमती सुकमाया तामाङलाई आइतबार उनीहरुकै घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमरबहादुर थापाले बताए ।

जीउ मास्ने, बेच्ने मुद्दा अन्तर्गत जिल्ला अदालत कञ्चनपुरले उनीहरुलाई २०५४ चैत २० मा ५ वर्ष कैद सजाय सुनाएको थियो । २०५२ माघ २५ गते स्थानीय १५ वर्षीया किशोरीलाई ललाइफकाइ भारतको दिल्ली पुर्‍याएर बिक्री गर्ने कार्यमा संलग्न रहेको भनी किशोरीका आफन्तले जाहेरी दिएका थिए ।

प्रकाशित : चैत्र २९, २०७७ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?