कञ्‍चनपुरमा भारतबाट फर्किएका ४८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु

चित्रांग थापा

कञ्‍चनपुर — कोरोना संक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ । भारतको गुजरातबाट घर फर्किएका कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १५ का ४८ वर्षीय पुरुषको बुधबार बिहान कोरोना संक्रमणबाट मृत्यु भएको हो । 

कञ्‍चनपुरमा भारतबाट फर्किएका ४८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु

महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ६ बजे उनको मृत्यु भएको अस्पतालका मेडिकल रेकर्डर नारद भट्टले जानकारी दिए ।

उनलाई चैत २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भारतको गुजरातबाट फर्किएको केही दिनपछि उनमा कोरोनासँग मिल्दोजुदो लक्षण देखिएको थियो । लक्षण देखिएपछि उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

पछिल्लो समय भारतबाट आउनेहरुमा कोरोना संक्रमण देखिएको छ । कञ्चनपुरको त्रिनगर हेल्थ डेस्कमा गरिएको परीक्षणमा २२ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित : चैत्र २५, २०७७ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?