कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बझाङमा पानी ट्यांकी फुटेर २ जनाको मृत्यु 

वसन्तप्रताप सिंह

बझाङ — जिल्लामा पानी ट्यांकी फुटेर दुई जनाको मृत्यु भएको छ । बझाङको तलकोट गाउँपालिका १, चौडमा पानी ट्यांकी फुटेर स्थानीय ५२ वर्षीया गोकुल कुँवर र ४८ वर्षीया सुन्दरीदेवी कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए । 

प्रधानमन्त्री कृषि आधुनिक परियोजनाअन्तर्गतको लिफ्ट सिँचाईका लागि निर्माण गरिएको पानी जम्मा गर्ने ट्यांकी खोल्न खोज्दा गोकुलको घटनास्थलमै र सुन्दरीको उपचारको क्रममा मृत्यु भएको हो । उक्त परियोजनाद्वारा निर्माण गरिएको ट्यांकीबाट पानी चुहिन थालेपछि हप्ता दिनअघि मर्मत गरिएको थियो ।

सेती नदीबाट तानेको पानी चौड गाउँमा रहेको ट्यांकीमा जम्मा गरेर खेत सिँचाई गर्ने योजना बनाइएको थियो । मर्मत गरिएको ट्यांकीमा पानी जम्मा गर्न लागेका बेला एक्कासी ट्यांकी फुटेर घटना भएको स्थानीय गोपाल कुँवरले बताए ।

कम गुणस्तरको निर्माणका कारण ट्यांकी फुटेर स्थानीयको ज्यान गएको भन्दै स्थानीय आक्रोशित भएका छन् । स्थानीयले निर्माणमा संलग्न उपभोक्ता समिति र प्राविधिकहरुले आर्थिक प्रलोभनमा परी गुणस्तरहीन काम गरेका कारण ट्यांकी फुटेको आरोप लगाएका छन् ।

प्रकाशित : चैत्र २४, २०७७ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?