३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

टीकापुर नगरपालिकाको दमकलको ठक्करले २ जना घाइते

गणेश चौधरी

टीकापुर — टीकापुर नगरपालिकाको दमकलको ठक्करबाट सोमबार दुईजना घाइते भएका छन् ।

से १ ग ११४ नम्बरको दमकलको ठक्करबाट टीकापुर नगरापालिका-१ ब्लक नम्बर ९ का ४२ वर्षीय जनक साउद र बाढी पीडित शिविरका ५५ वर्षिय गहेन्द्र चौधरी घाइते भएका हुन् ।

टीकापुर अस्पतालमा उपचारपछि थप उपचारका लागि उनीहरुलाई नेपालगञ्ज रेफर गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

टीकापुर नगरपालिकाका–४ बाघमारामा थुपारिएको गहुँमा भएको आगलागी नियन्त्रणका लागि जाने क्रममा उक्त दमकलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

आगलागीबाट १६ कट्ठा क्षेत्रफलको गहुँबाली पूर्ण रुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ ।

प्रकाशित : चैत्र २३, २०७७ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?