कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गोली लागी घाइते भएका बैतडीका युवकको मृत्यु

तृप्ति शाही

बैतडी — आफैले चलाएको गोली लागेर गम्भीर घाइते भएका बैतडीका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेलौली नगरपालिका–३ ढडौनका अन्दाजी २५ वर्षीय लक्ष्मण चन्द हुन् ।

जिल्लामा उपचार हुन नसकेपछि उनलाई काठमाडौं रिफर गरिएको थियो । काठमाडौंमा पनि उपचार हुन नसक्ने भन्दै घर लैजान भनिएपछि अत्तरिया पुग्दा बुधबार चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

चैत १४ गते घरमै रहेका बेला आफैले बन्दुक चलाउँदा घाँटीमा गोली लागेर चन्द घाइते भएका थिए । प्रहरीले चन्दको घरबाट बन्दुक बरामद गरेको छ । उनले किन बन्दुक चलाए भन्नेबारे खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र १८, २०७७ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?