१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

मालपोतका कर्मचारी घूस रकमसहित पक्राउ

भवानी भट्ट

कञ्चनपुर — सेवाग्राहीबाट घूस लिइरहेको अवस्थामा मालपोत कार्यालय कञ्चनपुरका एक कर्मचारी पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयको टोलीले बिहीबार मालपोत कार्यालयका शाखा अधिकृत लोकराज जोशीलाई पक्राउ गरेको हो ।

अख्तियारको महेन्द्रनगरस्थित कार्यालयका सूचना अधिकारी हरिशचन्द्र जोशीका अनुसार शाखा अधिकृत जोशीलाई सेवाग्राहीबाट २४ हजार घूस लिइरहेको अवस्थापमा पक्राउ गरिएको हो । उनका अनुसार सेवाग्राहीबाट कित्ताकाट गरेबाफत लोकराजले घूस लिएको खुलासा भएको छ ।


प्रकाशित : चैत्र ५, २०७७ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?